बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पितृसत्तात्मक मूल्य र मान्यता कायम भएकै कारण महिला हिंसा भइरहेको छः विन्दा पाण्डे

काठमाडौं । नेकपा (एमाले) की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पितृसत्तात्मक मुल्य र मान्यता कायम भएकै कारण महिला हिंसा भइरहेको बताएकी छिन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ९क्रान्तिकारी०ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले पितृसत्तात्मक मूल्य र मान्यता अन्तर्गतको सोच सबैमा रहेको भन्दै यसैको कारण महिला हिंसाका घटना कम हुन नसकेका बताइन् । उनले यस प्रकारका प्रवृत्तिहरुलाई राजनीतिक दलहरुले समेत आफ्नो संगठनभित्र रुपान्तरण गर्न नसकेका बताइन् । उनले महिला हिंसा अन्त्य गर्ने मुद्दा महिलाको भन्दा बढी पुरुषको हुनुपर्ने बताइन् । उनले राजनीतिक दलहरुले अग्रसरता लिएमा महिला हिंसा अन्त्य हुने बताइन् ।

उनले भनिन् – ‘सबभन्दा ठूलो समस्या भनेको नै हामीमा रहेको पितृसत्तात्मक मूल्य र मान्यता छ, जसले जन्मैदेखि पुरुषलाई प्रमुख र महिलालाई मातहतको सोच राख्छ । सम्बोधन गर्छ । व्यवहार गर्छ । हाम्रो मूल्य, मान्यतामा त्यही खालका प्रवृत्तिहरु देखाउँछ । हामी परिवर्तनकामीहरुले आफ्ना सङ्गठन भित्र पनि त्यो कुरालाई रुपान्तरण गर्न सकेनौँ । त्यसकारण हिंसा हामीभित्र पनि कायम रह्यो । यद्यपी हामी हिंसा मुक्त समाजको अगुवा दस्ता राजनीतिक दलका प्रतिनिधि भएर लागिराखेका छौँ । यो महिलाको मात्रै मुद्दा होइन । हाम्रो जस्तो समाजमा महिलाको कम र पुरुषको बढी मुद्दा हो । किनभने जसले हिंसा गर्छ र जसको आडमा हिंसा हुन्छ त्यो पक्षले यो मुद्दा उठाउनु जरुरी छ । र यो मुद्दाको समाधान खोज्नु जरुरी छ भन्ने लाग्छ ।’

उनले राजनीतिक दलहरुले हिंसा गर्ने व्यक्तिलाई संरक्षण गर्नु नहुने बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x