बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भूमिगत पानीको अत्याधिक प्रयोगबाट सुक्दै तालहरू

काठमाडौं । करिव ४० वर्षअघि मुरात उलुदाग किशोरावस्थामा हुँदा मध्य टर्कीको कुलु तालमा यति धेरै पानी थियो कि यसमा पौडी खेल्नसमेत खतरा मानिन्थ्यो । यो क्षेत्र पहिले १८६ प्रजातिका चराहरूको लागि अभयारण्य हुन्थ्यो । विगतको तुलनामा अहिले मुट्ठीभर चराहरू मात्र बाँकी छन् ।

५० वर्षीय उलुडागले अहिले स्थानीय वन्यजन्तु संरक्षण प्रमुख चुनौति रहेको बताउनु भयो । पानी नभए जीवन नरहेको भन्दै उहाँले पानीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । कुलु ताल, कोन्या प्रान्तको कुलु जिल्लाबाट करिव ५ किलोमिटर पूर्वमा अवस्थित छ ।

अफ्रिका जाने बाटोमा गुलाब फ्लेमिङ्गो र अन्य प्रवासी चराहरूको आश्रयस्थल बनेको थियो । भूजलको अत्यधिक प्रयोग र जलवायु परिवर्तनका कारण यो पहिले नै सुकेको छ ।

विगतमा, कुलुका किसानहरूले गहुँ र जौ जस्ता परम्परागत बालीहरू उब्जाउथे । तर पछि मकै वा चुकन्दर जस्ता पानी–गहन बालीहरूमा सरेका थिए । जसका कारण भूमिगत पानीको आक्रामक प्रयोगले ताललाई खुवाउने खाडीहरू बिस्तारै सुक्दै गयो ।

विगतमा, कुलुका किसानहरूले कम पानी चाहिने गहुँ र जौ जस्ता परम्परागत स्थानीय बालीहरू उब्जाउने गर्थे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x