शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो, अस्पताल भर्ना

काठमाडौं । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । आज आफ्नो निवासबाट विमानस्थल प्रस्थान गर्न लाग्दा गोविन्दाको आफ्नै बन्दुक पड्किएर गोली लागेको हो । तिघ्रामा गोली लागेपछि उनी अस्पताल भर्ना भएका छन् ।

यो जानाजान नभएर दुर्घटनावस भएको दाबी गरिएको छ । गोविन्दा एउटा शोका लागि कोलकत्ता जान लाग्दै थिए ।

गोविन्दाकी म्यानेजर शशी सिन्हाले भनेकी छन्, ‘उहाँको लाइसेन्सहितको बन्दुक दराजमा थियो । अचानक बन्दुक भूईंमा खसेर पड्कियो । उहाँको तिघ्रामा गोली लाग्यो ।’

डाक्टरहरुले गोली शरीरबाट निकालिसकेको र अहिले उनी खतरामुक्त रहेको सिन्हाले बताएकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x