बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमालेले सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) ले सरकारी राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । मंगलबार बसेरा होटलमा बसेको सचिवालय बैठकले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारी कोषमा ५० लाख दिने निर्णय गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय भएको बताए । सचिवालय बैठकपछि अहिले संसदीय दल बैठक पनि बसिरहेको छ ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न पनि आह्वान गरेका छन् ।

सरकारी कोषमा नेपाली कांग्रेसले पनि ५० लाख रुपैयाँ दिने गत आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x