बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सर्वोच्च अदालतलाई बार अध्यक्ष घिमिरेको चेतावनी, कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन् । मंगलवार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अपहेलना मुद्दाको विषय नै नभएका जिकिर गरे । उनले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रश्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताए ।

उनले आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने बताए । उनले अपहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न पनि चेतावनी दिए ।

उनले भने, ‘न्याय परिषद्ले हिजो मेराबिरुद्ध खेद प्रश्ताव पास गरेको रहेछ । उहाँहरु गैरसंवैधानिक काम गर्ने, खेद जति हामीले खाने भएको रहेछ । आज नेपाल बार एशोसिएशनको बिरुद्ध सर्वोच्च अदालतमा एउटा अपहेलना मुद्दा दर्ता भएको हामीले हे¥यौँ । यो मुद्दा हामी फेस गर्छौँ । नेपाल बार यो मुद्दा फेस गर्छ । यो मेरो मात्रै मुद्दा होइन, कानून व्यवसायीको प्रतिष्ठासँग जोडिएको विषय हो । कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ । यो अपहेलनाको मुद्दा बन्ने विषय नै थिएन । यो अदालतको विषय नै होइन । न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय मान्नु हुँदैन । यसरी हामी संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने हुन थाल्यौँ भने त यो घुमाउरो पारोले हाम्रो अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च हुँदैछ ।’

उनले संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने कुराले अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च चलिरहेको अनुमान गर्न सकिने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x