बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कोशी प्रदेशमा आज बिहानैदेखि पानी पर्‍यो, अरु प्रदेशमा कस्तो हुनेछ मौसम ?

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । कोशी प्रदेशका थोरै स्थानमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एकदुई स्थानमा भारी वर्षा सुरु भइरहेको छ । देशका अन्य केही भू–भागमा पनि आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज पश्चिमभन्दा पूर्वी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार दिउँसो कोशी, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव छ । भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले बताएको छ । जसका कारण नेपालमा वर्षा भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x