३० आश्विन २०८३, शुक्रबार

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार ७८८ पुग्यो

0
Shares


काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ७८८ पुगेको छ ।

विगत २४ घण्टामा इजरायली सेनाले ९९ जनाको ज्यान लिएको छ भने अन्य १६९ जनालाई घाइते बनाएको छ ।

जसबाट कुल मृत्यु हुनेको संख्या ४१ हजार ७८८ पुगेको छ । सन् २०२३ को अक्टोबरमा प्यालेस्टाइन–इजरायली संघर्ष शुरु भएदेखि ९६ हजार ७९४ जना घाइते भएका छन् ।