कस्तुप पन्तको ‘हजारको नोट’मा हिमाल सागर र कृति भट्टराईको रोमान्स (भिडियो सहित)
काठमाडौं । चर्चित सर्जक कस्तुप पन्तको नयाँ सृजना ‘हजारको नोट’ डिजिटल प्लेट फर्ममा सार्वजनिक भएको छ । सारथी म्युजिकको व्यानरमा सर्जक पन्तकै प्रस्तुति स्वरुप उक्त गीतको भिडियो सार्वजनिक भएको हो । उनले यस गीतको शब्द तथा संगीत सृजना गरेका छन् ।
गीतमा हिमाल सागर र अन्नु चौधरीको आवाज सुन्न सकिन्छ भने संगीत संयोजन विशाल निरौलाको रहेकोछ । गायक हिमाल सागरको साथमा यसै गीतको भिडियो मार्फत नव कलाकारको रुपमा कृति भट्टराईको लोभ लाग्दो उदय भएको छ ।
भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने रामशरण उप्रेतीले खिचेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE