बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

करिव नौ किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । आठ किलो ८ सय ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्वराज खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा शनिवार बिहान पूर्वपश्चिम सडकखण्ड अन्तर्गत पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा बिल बिजक नभएकोे ८ किलो २ सय ४३ ग्राम ९७० मिलिग्राम सुन बरामत गरेको प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए । बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ । पक्राउ पर्नेहरुमा स्कुटर चालक भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजी वर्ष २५ का अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने अन्दाजी वर्ष २७ को राहुल भिट्टिहाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x