बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

लहडमा नीति बनाउनु हुँदैनः अध्यक्ष ढकाल

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरु बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताए । उनले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरु लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताए । उनले अनुगमनको हिसावले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गरे ।

उनले भने, ‘हामीले कतिपय चिजहरु नयाँ पोलिसीहरु बनाउने क्रममा कतिपय चिजमा नियम, कानूनहरु परिवर्तन गर्नुपर्छ । तर त्यो परिवर्तन गर्ने नाममा हाम्रा कतिपय चिजहरु लहडमा भएका छन् । राजश्व परामर्श सुझाव समिति भनेर एउटा बनाइयो । के हिसावले बनाइयो दुई वर्षपछि फेरि बन्द गरियो । यस्तो किसिमको चिजहरु बनाउँदा हामीले लहडमा बनाउने, लहडमा बन्द गर्ने हुनुहुँदैन । हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ । कतिपय चिजहरु अनुगमनको हिसावले मात्र राजश्व बढ्छ भन्ने हुँदैन ।’

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्वपूर्ण रहेको बताए । स्थिर नीति हुँदा व्यवसायहरु पनिफस्टाउने बताए । उनले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिनसके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x