दशैैँको छैटौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
काठमाडौं । नवरात्रको छैटौँ दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । दशैँको चौथो दिन आईतवार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
पाँचौँ दिन सोमवार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । नवरात्रको छैटौँ दिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE