३० आश्विन २०८३, शुक्रबार

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।