बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दशैंको बेलामा बोले पूर्वराजा ज्ञानेन्द्र, भुटानका राजालाई भेटेको बारेमा यस्तो तर्क

  • 1.8K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूटान भ्रमणमा आफूलाई गरेको सम्मानलाई सबै नेपालीहरुलाई गरेको सम्मानका रुपमा ग्रहण गरेको बताएका छन् । निर्मल निवासमा शनिवार सर्वसाधारणलाई विजया दशमीको टिका लगाउने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

उनले केही दिनअघि मात्रै आफू भूटान गएको र भूटान भ्रमण निजी भ्रमण रहेको बताउनु भयोए । भूटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको बताए । पूर्वराजा शाहले भूटानको राजपरिवार र भूटानी जनताले आफूलाई दर्शाएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरु र नेपालालई गरेको सम्मानका रुपमा लिएको बताए । उनले नेपाललाई गरेको स्वागतका लागि भूटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरे ।

उनले भने, ‘तपाईंहरुमार्फत सबै नेपालीलाई शुभकामना छ, विजया दशमीको । अहिले हालै म भूटान गएको थिएँ । त्यसको अहिले चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो । त्यहाँका राजपरिवार र भूटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता । मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु । तपाईंहरुमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु ।’

पूर्वराजा शाहले विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x