बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बर्दियास्थित भारतीय सीमा नाकामा गोली चल्दा एकजना घाइते

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । बर्दियाको सदरमुकाम गुलरियास्थित नेपाल भारत सिमानामा गोली प्रहार हुँदा एकजना घाइते भएका छन् । गुलरिया–८ का ४० वर्षीय बलराम लोधमाथि आइतबार करिब ७ बजे गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार लोधको ढाडमा गोलीको छर्रा लागेको छ । अहिले कोहलपुर शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

भारतीय वनकर्मीले गोली प्रहार गरेको अनुमान प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी मगरले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x