बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मध्य गाजामा इजरायली हवाई आक्रमणमा ३ को मृत्यु, ४० घाइते

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । मध्य गाजापट्टीमा अवस्थित देइर अल–बालाहमा विस्थापित व्यक्तिहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली विमानले देर अल–बालाहको अल–अक्सा सहिद अस्पताल नजिकै विस्थापित व्यक्तिहरू बसेको स्थानलाई निशाना बनाएको थियो ।

जसको परिणामस्वरूप तीन जनाको मृत्यु र ४० जना घाइते भएका थिए । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदलास्वरूप गाजामा इजरायलको ठूलो मात्रामा सैन्य आक्रमण शुरु गरिएको थियो ।

जसमा करिव १ हजार २ मानिस मारिएका थिए । २५० जनालाई बन्धक बनाएका थिए । गाजास्थित स्वास्थ्य अधिकारीहरूले सोमवार इजरायली हवाई हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार २८९ पुगेको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x