सेप्टेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढ्यो

काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति सेप्टेम्बरमा बढेर ९ महिनाकै उच्च ५.४९ पुगेको छ ।
संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५ दशमलव ४९ प्रतिशत रहेको छ । अगस्टमा सूचकांक ३.६५ प्रतिशत थियो ।
खाद्य मुद्रास्फीति अगस्टमा ५.६६ प्रतिशतबाट सेप्टेम्बरमा बढेर ९।२४ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE