बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दक्षिणी म्यानमारमा तेलको जहाजमा आगलागी हुँदा ८ जनाको मृत्यु

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । दक्षिणी म्यानमारको तानिन्थाइ क्षेत्रमा तेलको जहाजमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका र एक जना बेपत्ता भएका छन् ।

तानिन्थाइ क्षेत्रको दावेई टाउनसिपको बन्दरगाहमा एउटा तेल ट्याङ्करले अर्को तेल भण्डारण जहाजमा रिफिल गरिरहेको बेला तेल भण्डारण गर्ने जहाजमा आगो लागेको विभागले जनाएको छ ।

मृत्यु हुनेमा सात पुरुष र एक महिला रहेका छन् । घाइते हुनेमा दुई पुरुष र एक महिला रहेको र बेपत्ता हुनेमा एक पुरुष रहेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x