दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं । दशैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् । नेपालीहरुको महान चाड वडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ ।
काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ । दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ ।
गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE