बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मदिरा सेवनबाट भारतमा २० जनाको मृत्यु

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा अवैध मदिरा सेवन गरेपछि गत तीन दिनमा २० जनाको मृत्यु भएको छ । धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।

राज्यको सिवान जिल्लामा १५ जनाको मृत्यु भएको छ भने सारण जिल्लामा ५ जनाको मृत्यु भएको छ । अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या पुष्टि गर्दै बिहारका प्रहरी महानिर्देशक आलोक राजले अवैध मदिरा आपूर्ति गरेको आरोपमा हालसम्म १२ जनालाई पक्राउ गरिएको बताए ।

केही अनलाइन मिडिया रिपोर्टहरूले मृतकको संख्या ३६ पुगेको दाबी गरेका छन् । बिहारमा अप्रिल २०१६ देखि मदिराको विक्री र उपभोगमा प्रतिवन्ध लगाइएको छ । तर अवैध रूपमा राज्यभर मदिरा विक्री हुने क्रम जारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x