आज फेरि सुनको मूल्यले राख्यो ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं नेपाली बजारमा आज फेरि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा रेकर्ड कायम भएको जनाएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो ।
शुक्रबारको मूल्यमा ६ सय वृद्धि भएर सुन तोलामा १ लाख ६५ हजार पुगेको महासंघले जनाएको छ । शुक्रबार सुन तोलको १ लाख ६४ हजार चारसय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आज अत्यधिक बढेको छ । तोलामा एकैदिन ९५ रुपैयाँ बढेर चाँदी आज दुई हजार ७५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको एक हजार नौसय ८० रुपैयाँ थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE