शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

रविलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतान्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई आइतबार प्रहरीले पहलिो पटक अदालतमा उपस्थित गराएपछि पक्राउ परेको मितिबाट ६ दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x