सिरियाका असद र जोर्डनका विदेशमन्त्रीबीच शरणार्थी फिर्ताबारे छलफल

काठमाडौं । सिरियाली राष्ट्रपति बसर अल–असदले सिरियाको राजधानी दमास्कसमा भ्रमणमा रहेका जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग भेटेर सिरियाली शरणार्थीहरूको फिर्ताको सुविधाका लागि प्राथमिक महत्वका साथ विभिन्न मुद्दाहरूमा छलफल गरेका छन् ।
असदले सिरियाली शरणार्थीहरूको सुरक्षित फिर्ता सिरियाली सरकारको लागि उच्च प्राथमिकतामा रहेको कुरामा जोड दिए । उनले फिर्ताको सुविधाका लागि आवश्यक कानूनी वातावरण सिर्जना गर्न महत्वपूर्ण प्रगति भएको उल्लेख गरेका छन् ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको अनुसार जोर्डन सिरियाली संकटबाट सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो । जहाँ लगभग ७ लाख ३० हजार शरणार्थीहरू सिरियाबाट पीडत छन् ।
सफादीले आफ्नो पक्षबाट सिरियाली शरणार्थीहरूलाई फिर्ता गर्न समर्थन गर्ने जोर्डनको प्रतिवद्धतालाई स्वागत गरे । सफादीले आफ्ना सिरियाली समकक्षी बसम सब्बागसँग सिरियाली सङ्कटको समाधान, शरणार्थी अवस्थालाई सम्बोधन गर्ने र लागुऔषध तस्करीविरुद्ध लड्ने विषयमा पनि वार्ता गरेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE