बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रविको रिहाइको माग गर्दै काठमाडौंमा रास्वपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेको छ । शुक्रवार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारबिरुद्ध विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरुसम्म सहभागी बनेका थिए । सभापति लामिछानेमाथि सहकारी गठी र सम्पती शुद्धिकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ ।

आजदेखि काठमाडौंमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरुले बताएका छन् । उनीहरुले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकार बिरोधी नारा लगाइ बिरोध जनाएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x