काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । माओवादीले आज काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्ने भएको हो ।
माओवादी केन्द्रका अनुसार सरकारका गलत कदमको विरोध गर्न र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन आज भृकुटीमण्डपमा सभा गर्न लागिएको हो।
अहिले बिहान १०ः३० बजे चार ठाउँबाट जुलुस सुरु गरी भृकुटीमण्डमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।
जुलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता सहभागी हुने जनाइएको छ । कार्यक्रममा ३० हजारभन्दा बढी जनाको सहभागिता हुने दाबी माओवादी केन्द्रले गरेको छ ।
विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएको माओवादी केन्द्रको भनाइ छ ।