सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार साताको पहिलो दिन नै सुनको मूल्यमा ऐतिहासिक मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक ७ गते हालसम्मकै उच्च मूल्य एक लाख ६६ हजार ७०० रुपैयाँको रेकर्ड आज तोडिएको हो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE