बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारले मुलुकमा अराजकता चल्न दिँदैनः प्रधानमन्त्री ओली

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झुट र बेइमान कुरा गर्नेहरुलाई उत्तरदायी बनाउने चेतावनी दिएका छन् । रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण र जथाभावी बोल्ने कुराहरुलाई उत्तरदायी बनाउने बताएका हुन् ।

एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आईतवार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरुको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू नेतृत्वको सरकार गलत सूचना दिएर मुलुकमा भ्रम फैल्याउनेहरुलाई तह लगाउने हैसियतमा रहेको पनि बताए । सरकार कमजोर नभएकाले समाजमा अराजकता मच्चाउन खोज्नेहरुलाई उत्तरदायी बनाउने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले मुलुकका आन्तरिक सुरक्षा कमजोर अवस्थामा पुगेकाले त्यसलाई बलियो बनाउन सरकार लागिपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अब राज्यको काम विस्तारै घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका स्पिचहरु, त्यस्ता जथाभावी बोल्ने कुराहरु, अश्लिल, छाडा, असमाजिक, झुट, बेइमानी त्यस्ता कुराहरुप्रति हरेक व्यक्तिलाई उत्तरदायी बनाउने बाटो सरकारले अब लिन्छ । यो अराजकता सधैँ यसैगरी चल्न सक्दैन । र म भन्न चाहन्छु–यी कुराहरु कार्यान्वयन गर्नका लागि अहिलेको सरकार कमजोर सरकार होइन । यस्ता काम गर्नसक्ने सरकार हो । यस्ता काम अघि बढाउन सक्ने सरकार हो । त्यसकारण यो कुरामा म सबै साथीहरुलाई स्पष्ट रहन आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरे । उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताए । एमालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले भने, ‘केपी ओलीको पहिलेको साख गयो, खत्तमै भयो, माटोमा मिल्यो भनेर कराएका छन । औषधि बेच्ने कराउथ्यो उहिले, त्यसै गरेर कराएका छन् । केपी ओलीको साख झ¥यो । यिनको काम त्यो हो । त्यसका लागि नै यिनीहरु यहाँ जन्मेका हुन्, जन्माइएका हुन् । यी खटेका छन, खटाइएका हुन् । त्यसकारण यो भ्रममा नपरौं । जनताको त्यत्तिको सचेत छ, नबोलेको हो । नेकपा एमालेले अव सभाहरु गर्दै जान्छ, त्यतिबेला हेरौं–नेकपा एमालेको साख घटेको छ कि छैन ? २०८४ को निर्वाचनमा हेरौं–नेकपा एमालेका साख घटेको छ कि छैन ? केपी ओलीको साख घटेको छ कि छैन–२०८४ को निर्वाचनमा हेरौँ । कसलाई मन पर्छ, पर्दैन । तर हामी त राष्ट्रिय राजनीतिकलाई ड्राइभ गरिराखेका छौँ त ।’

प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्ष दलहरुले जनतामा भ्रम छर्ने कोशिस गरिरहेको पनि दोहोर्‍याए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x