बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्छः प्रथम राष्ट्रपति यादव

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताएका छन् । जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले आन्दोलनबाट तानाशाह हटाएको र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताए । उनले अहिलेको लोकतन्त्र समावेशी रहेको उल्लेख गरे । उनले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए । उनले तराईको जंगल मासिँदै गएको उल्लेख गर्दै पानी सकिएपछि कहाँबाट ल्याउने भन्दै प्रश्न गरे ।

उनले भने, ‘हामीले तानाशाहलाई हटायौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । लोकतन्त्रमा छौँ । समावेशी लोकतन्त्र छ । यसलाई व्यवस्थित गरेर लैजानुपर्छ । र शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनुपर्छ । प्रकृति नरहे हामी रहँदैनौँ । तेल त हामी भारततिरबाट ल्याउँछौँ । तर पानी जुन दिन सकिन्छ, पानी कहाँबाट ल्याउने ? तराईको जंगल मासिरहेको छ ।’

प्रथम राष्ट्रपति डा. यादवले मधेसको शैक्षिक गुणस्तर घट्दै गइरहेकोमा चिन्ता व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x