बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारलाई प्रभु साहको प्रश्नः एनआरएनलाई बंशजको नागरिकता दिन लागेको हो ?

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एक पछि अर्को घटनाले नङग्याएको बताएका छन । समाजमा आफुलाई राष्ट्रवादी देखाउने तर व्यबहारमा ओली राष्ट्रघाती रहेको साहको टिप्पणी छ ।

२०७२ सालको भुकम्प पछि भारतको अघोषित नाकाबन्दीका बेला राष्ट्रवादको हुङकार लगाउदै नेपाली राजनीतिमा ओली लोकप्रिय बनेका थिए । तर वास्तविकतामा भने ओली दलाल व्यवसायी र बिदेशी जनताको हितमा काम गर्ने प्रवृत्तिका रहेको साहको ब्याख्या छ ।

उदाहरणको रुपमा गैरआवासीय नेपाली नागरिकको माग र त्यसलाई दिएको महत्त्वलाई देखाएका छन । ‘केपी ओली गैरआवासीय नेपाली नागरिकलाई बंशजको नागरिक दिनुपर्ने मागमा सकारात्मक देखिन्छन्’ साह भन्छन् , ‘जो यो देशको नागरिक त्यागेर बिदेशी भयो त्यसलाई नेपालको बंशजको नागरिकता दिनुपर्ने ? नेपालको पैतृक सम्पत्तिलाई चोर बाटोबाट बिदेश पुर्‍याउने देश बिकासका संवाहक देखने प्रधानमन्त्री कसरी राष्ट्रवादी ?’ पत्रकारहरुसंगको भेटमा आजपा अध्यक्ष साहले ओलीमाथी टिप्पणी गरेका हुन ।

गत आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि गैरआवासीय नेपालीको भुमिका रहेको बताए ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको बताए । अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार नपाएकोप्रती आफू जानकार रहेको बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानमै भएको व्यवस्था कार्यन्वयन गर्न आवश्यक संसोधन आगामी अधिवेशनमा संसदमा लैजान सक्छौँ।’

संविधान अनुसार गैरआवासीय नेपालीले नागरिकता पाउन थालिसके । संविधानत गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि आर्थिक, सामाजिक र सास्कृतिक अधिकार पाउछन् । नेपालमा सम्पती जोड्न, भएको वा जोडेको सम्पती बेचबिखन गर्न, ब्यापाररव्यावसाय गर्न, लगानी गर्न, नाफा लैजान पाउछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले निर्वाचनमा मतदान गर्न र उम्मेदवार हुन मात्रै पाउदैनन् । पछिल्लो समय प्रधानमन्त्री ओली बंशजको नागरिकता दिनुपर्ने एनआरएनएको माग छ । यो माग पूरा भए चुन्न र चुनिने अधिकार पनि प्राप्त गर्दछन । एनाअरएनएको यस्तो मागमा आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो राष्ट्रवादको छवि उदाङ्गो पारेको आजपा अध्यक्ष साह बताउँछन् ।

‘देशको प्राकृतिक स्रोत बिदेशीलाई दिने । सरकारी उद्योगलाई निजीकरण गर्ने र हुदा हुदा एनाआरएनएलाई बंशजको नागरिकता दिने आश्वासन दिने कुराले ओली कति राष्ट्रवादी भन्ने देखाएको छ’ साहले भने । सत्ताका लागि ओलीको यस्तो कार्यमा सत्तारुढ दलहरू मौन रहने गरेको उनको टिप्पणी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x