सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउने क्रम चलिरहेको छ । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार छापावाल सुन एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE