शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

आज कुकुर तिहारः सुरक्षा निकायले कुकुर पूजा गरे

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौं । आज (यमपञ्चक) तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ ।

परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरुलाई पूज गरी मनाएका छन् । साथै नेपालीहरुले आफ्नो आफ्नो घरमा कुकुरको पूजा गरी टीका र माला लगाइ दिएर खानेकुरा दिइ पूजा गरेका छन् ।

कुकुर पूजा गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल प्रहरी प्रहरी नायव महानिरीक्षक डा. देउती गुरुङले विश्वमा उपलब्ध हुने धेरै कुकुरहरु ल्याएर तालिम दिने गरेको बताइन् । उनले नयाँ नयाँ प्रजातीहरु ल्याएर कुकुरबाट अनुसन्धानलाई पहिलाको तुलनामा अहिले झनै प्रभावकारी बनाइएको बताइन् । अनुसन्धानका लागि पहिला जर्मन सेफर्ड र ल्याब्रेडर मात्रै रहेकोमा अहिले बेल्जियम सेफर्ड पनि ल्याएर अनुसन्धान प्रभावकारी बनाइएको बताइन् ।

उनले भनिन्, ‘विश्वमा उपलब्ध हुने सबै कुकुरहरु हामीले ल्याएर तालिम दिने गरेका छौँ । विदेशबाट तालिमप्राप्त र नेपालमा पनि तालिम दिनुपर्छ । नयाँ नयाँ प्रजातीहरु ल्याएर कुकुरबाट अनुसन्धानलाई पहिलाको तुलनामा अहिले झन माथि छ । जर्मन सेफर्ड र ल्याब्रेडर मात्रै थिए भने अहिले नयाँ प्रजातीका कुकुरहरु ल्याएका छौँ । अहिले बेल्जियम सेफर्ड भन्ने छ । विश्वले अनुसन्धानमा प्रयोग गर्ने कुकुर बेल्जियन मलिनवाई हो ।’

उनले कुकुरबाट हुने अनुसन्धानलाई पहिलाको तुलनामा प्रभावकारी बनाइएको बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x