शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

५० हजार सिट क्षमताको रंगशाला आवश्यक छ, छिटै आधुनिक, सुविधा सम्पन्न रंगशाला निर्माण गर्छौंः प्रधानमन्त्री ओली

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिटै आकर्षक, आधुनिक, सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने बताएका छन् । बिहीवार बालुवाटारमा साफ महिला च्याम्प्यिनसिप उपविजेता टोलीसँगको भेटका क्रममा उनले ५० हजार सिट क्षमताको रंगशाला नेपाललाई आवश्यक भएकाले सोहीअनुसार सरकार अघि बढ्ने बताए ।

उनले विकास मन नपराउनेहरु पनि रहेको भन्दै सरकारले एउटा नयाँ रंगशाला सकेसम्म छिटै बनाउने घोषणा गरे ।

उनले भने, ‘मैदानमा दुई टिम पसेपछि एउटाले जित्छ, अर्कोले हार्छ । त्यसकारण हामीले हारिहाल्यो भने पनि धेरै दुःख मान्नु हुँदैन । अहिलेको पुरस्कार हामी तिहार बिदा सकिने बित्तिकै उपलब्ध गराउँछौँ । सकेसम्म छिटै उपलब्ध गराउँछौँ त्यसमा समस्या छैन । रंगशाला पर्याप्त भएन । जम्मा १५ हजार ३७३ क्षमताको छ । त्यसो भएर १५ हजार ३७३ नभइ अब ५० हजारको स्टेडियम चाहिएको छ । हाम्रो जनसंख्यालाई ५० हजार भए अलि ठिकै होला की । धेरै मानिसले विकास मन पराउँदैनन् । तर हामीले एउटा नयाँ रंगशाला सकेसम्म छिटै आकर्षक, आधुनिक, सुविधा सम्पन्न र रंगशाला यस्तो होस् जहाँ सबै प्रकारको खेलहरु समावेश गर्न सकियोस् । हामी त्यस्तो रंगशाला बनउन खोज्दैछौँ । काठमाडौं बाहिर त एउटा छँदैछ रंगशाला बन्दै गरेको । काठमाडौं उपत्यका भित्र बनाउँछौँ ।’

प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई घोषणा गरिएको पुरस्कार राशी तिहार बिदा लगत्तै उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x