बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

तिहारमा बढ्यो ढाका टोपीको व्यापार, दंग छन् व्यापारी

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाईटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भईरहेको उल्लेख गर्दै सन्तुष्टि व्यक्त गरे ।

उनले गत वर्ष भन्दा यस वर्ष सो टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिए । सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको भनाई छ । उहाँरुले ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गईरहेको प्रतिक्रिया दिए ।

व्यापारी सिलवालले भने,‘पोहोरको दाँजोमा यस वर्ष एकदम सस्तो भएको छ । विशेष गरेर सानोतिनो वर्गका मान्छेले पनि टोपी लगाउन सक्ने स्थितिको टोपीहरु बजारमा आएको छ । अरुमा मूल्य बढेपनि टोपीमा घटेर आएको छ । एउटा सर्वसाधारणले लगाउन सक्ने खालको स्थितिमा आएको छ टोपी । तिहारको कारणले टोपीको व्यापार पनि राम्रै भईराखेको छ ।’

नेपालमा चाडपर्व दशैं–तिहार, विवाह, ब्रतबन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x