बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गाउँदेखी शहरसम्म सरकारी आतंक मचिएको छः प्रभु साह

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको बताएका छन् । शान्ति सुरक्षा कायम गर्न असफल भएको ओली सरकारले सीमावर्ती नागरिकलाई भन्सार छलीको नाममा दुख दिनुका साथै निजि सम्पती लुटने गरेको बताएका छन् ।

दिपावली तथा छठ पर्वको अवसरमा आज रौतहटको घिऊरामा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सरकारकै कारण सीमावर्ती क्षेत्रका नागरिकले दुख पाईरहेको बताए ।

‘नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले भारतबाट घरेलु प्रयोगका लागि केही समान ल्याउँदा उनीहरुको निजि सम्पती नै लुटने, जफ्त गर्ने, कब्जा गर्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सीमावर्ती क्षेत्रमा भन्सार नखोल्ने, भएको भन्सार कार्यालयको स्तरोन्नती नगर्ने वर्तमान सरकारले केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख मात्रै दिईरहेका छ । सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार कार्यालय दिनुपर्यो । उनीहरु कुनै समान ल्याइरहेका छन् भने उनीहरुबाट भन्सार लिनु, नकि उनीहरुकोे निजि सम्पती नै जफ्त गर्ने अधिकार यो सरकारलाई छैन् ।’

कमिशनको लोभमा निजि सम्पती लुटने गरिएको बताउदै उनले त्यसको हिसा तलदेखी माथिसम्मकाले बाँडेर खाने गरेको आरोप उनले लगाए । सीमावर्ती क्षेत्रका नागरिकको निजि सम्पती लुटेर भन्सारको कानूनमा ४५ प्रतिशत कमिशन खाने व्यवस्थाको अन्त्य हुनुपर्ने बताउदै उनले यसका बिरुद्धमा कडा आन्दोलनको आवश्यक्ता भएको बताए ।

‘भन्सारको कानूनमा यिनीहरुले लुटिएको सम्पतीमा ४५ प्रतिशत कमिशन खाने भनेर राखेका छन् । तल पक्रिने प्रहरीदेखी, सुराकीको नाममा समेत कमिशन बाडिन्छ । तल मात्र होईन यसको कमिशन मन्त्री, प्रधानमन्त्री सम्म पुग्ने गरेको छ । त्यसैले उनीहरुले यो व्यवस्था हटाउन चाहदैन्,’ साहले भने, ‘यिनीहरुको ध्यान केवल सीमावर्ती क्षेत्रका नागरिकलाई दुख दिने, निजि सम्पती कब्जा गर्ने र मिलेर खाने मात्रै रहेको छ । के काठमाडौंमा बस्नेले वा उधोगीले कर नतिर्दा उनीहरुको सम्पती कब्जा हन्छ रु त्यहाँ नहुने तर सीमावर्ती क्षेत्रका नागरिकलाई दुख दिन यो सरकारले सम्पती कब्जा समेत गर्ने गरेको छ ।’

प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्न असफल भएको भएको बताउदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी आतंक मचाइएको छ । सरकारले सत्तारुढ दलका अपराधी र भ्रष्टहरुलाई जोगाईरेको बताउँदै उनले बिभिन्न ठुला काण्डमा मुछिएका सत्तारुढ दलका नेतालाई जोगाउने काम ओली सरकारले गरेको बताए । ‘अहिले सरकारी आतंक मचिएको छ । सरकारले सत्तारुढ दलका अपराधि, भ्र्रष्टलाई जोगाउने काम मात्रै गरेको छ । सत्तारुढ दलका नेताहरु नागै हिडदा समेत केही नगर्ने यो सरकारले छानीछानी विपक्षलाई तर्साउने र दुख दिने काम गरिरहेको छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँदेखी शहरसम्म सत्तारुढ दलको आतंक मचिएको छ । प्रहरी प्रशासन देखी सबै क्षेत्रमा सरकारी आतंकले सर्वसधारण नागरिक दुख पाईरहेका छन् ।’

आजपा ईशनाथ कमिटीद्धारा आयोजित कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिब त्रिभुवन साह, स्थाई कमिटी सदस्यहरू श्रीभगवान पटेल, नरेश तुरहा, लालबाबू मंसूरी लगायतका विशेष सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x