बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रविलाई लगियो जिल्ला अदालत, छुट्छन् कि थपिन्छ म्याद ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रकाउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्धनिर्देश लामिछानेसहित कास्की प्रहरीकै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग नाम जोडिएकी लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यही कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप भएको थियो । उक्त म्याद कार्तिक १४ गतेसम्मको भएता पनि १५ गतेदेखि सरकारी बिदा भएका कारण उनलाई म्याद थप नगरी हिरासतमा राखिएको थियो ।

लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै गर्दा उनका समर्थकहरुले पोखरामा नाराबाजी गरेका छन् । पार्टी उपसभापतिसमेत रहेका आन्दोलन परिचालन समितिका संयोजक डीपी अर्यालको नेतृत्वमा सरकार विरुद्ध नाराबाजी गरिएको हो ।

उनलाई कास्की जिल्ला अदालतले थप म्यादको लागि प्रहरीलाई अनुमति दिन्छ या थुनछेक बहस शुरु हुन्छ भन्ने यकिन भइसकेको छैन । यद्यपी कास्की जिल्ला अदालतले उनलाई रिहाइकै आदेश दिएछ भने पनि रुपन्देही जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेकोले त्यहाँबाट उनलाई रुपन्देही लगिने पक्कापक्की छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x