बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मिथिलासहित तराई/मधेसका जिल्लाहरुमा छठको रौनक

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

जनकपुरधाम । मिथिलासहित तराई/मधेसका जिल्लाहरुमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक शुरु भएको हो । जनकपुरधाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरुको भीड देख्न सकिन्छ ।

साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरुको भीड पनि त्यत्तिकै रहेको छ । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x