रास्वपाको केन्द्रीय समिति बैठक शुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रिय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
साथै पार्टीको सांगठनिक गतिविधि र संघर्षका कार्यक्रमहरुबारे पनि छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेसँगै आन्दोलन गर्दै आएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE