बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मुलुकमा अराजकता बढ्दै जानेछः घनश्याम भुसाल

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताएका छन् । मुुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उनको जिकिर थियो ।

महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताए । घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढंगले अघि बढाउने तर्क गर्दै उनले त्यसका लागि क्रान्तिकारी एजेण्डासहितको समूह सडकमा आउनुपर्ने समेत बताए ।

शनिवार काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले घुस नखाने पार्टीले मात्रै आजको लेलिनलाई पुनर्जागृत गर्नसक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउनसक्ने बताए ।

उनले भने,‘हामी कहाँ घुस नखाने व्यक्तिहरु धेरै छन् । तर घुस नखाने पार्टी बनाउनु पर्‍यो । घुस नखाने बित्तिकै मुलुक पनि त्यसै गरी चलाउँछु, आत्मनिर्भर भएर चलाउँछु, आफ्नो जनतालाई रोजगारी दिएर चलाउँछु भन्ने सिद्धान्त चाहिन्छ । त्यो सिद्धान्त विकसित हुन्छ । त्यसका लागि तपाईले साम्राज्यवादसँग लड्नुपर्दछ । आजको लनिन त्यहाँ फेला पार्नुहुन्छ । उहिल्यै सय वर्षको लनिन होइन, आजको लेनिनलाई पुनःजागृत गर्नुहुन्छ । यदि साँच्चै मुलुकमा कृषि, उद्योगको संरक्षण गरेर जानुपर्छ भन्ने पोलिसी लिने हो भने आजको लेनिन निर्माण हुने थियो, बन्ने क्रम शुरु हुन्छ । आजको बोल्सेविक रेभुलुशन शुरु हुन्छ । त्यसर्थ, परिस्थिति भन्ने हो भने लेनिनले भनेको त्यो क्रान्तिकारी संकट रेभुलुशन क्राईसेसकै बेला छ । हेर्नुहोला–आगामी दिन सत्ता फासिष्ट हुँदै जानेछ । सडक अराजक पपुलिष्ट हुँदै जानेछ । यो बेला एउटा एजेण्डाका साथ क्रान्तिकारी एजेण्डाका साथ एउटा विश्वाशिलो सानै पनि टिम सडकमा आयो भने त्यसका लागि हाम्रो भयंकर वस्तुगतस्थिति तयार भएको छ ।’

महासचिव भुसालले रुस कालिन बोल्सेविक क्रान्ति सम्पन्न गर्न पनि क्रान्तिकारी एजेण्डासहितको सडक आन्दोलन गर्ने वस्तुगत स्थिति तयार भएको दाबी समेत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x