बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बलम्बुमा शुरु भयो महालक्ष्मी जात्रा (फोटो फिचर)

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् ।

बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात ‘मुः’ अष्टमीबाट शुरु हुन्छ । छ्वयल्बुमा बलम्बुको नेवाः समुदायले आफ्नै लोक परिकारहरू छोयला, तखाः (थलथले), यला (रक्सी) लगायतका परिकार बनाउँछन् ।

पाहुना बोलाएर खुवाउँछन् । उपत्यकामा जहाँ–जहाँ जात्रा हुन्छ, त्यस बखत आफन्त बोलाएर खुवाउने प्रचलन रहिआएको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटा पत्रकारले कैद गरेका महालक्ष्मी जात्रासम्बन्धी तस्बिरहरु ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x