बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । आज हरिबोधनी एकादशी । भगवान विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ । हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरेर मनाइन्छ ।

आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x