३० आश्विन २०८३, शुक्रबार

कथित झाँक्री प्रकाश भुजेलको गाडीद्वारा मोटर साइकललाई ठक्कर, त्यसमा सवार दम्पत्तीको अवस्था गम्भीर

0
Shares


काठमाडौं । काठमाडौंको इन्द्रायणीमा सवारी दुर्घटना भएको छ । आफूलाई झाँक्री बताउने प्रकाश भुजेलको कारले एक मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरी वृत्त साँखुले सवारी दुर्घटना भएको पुष्टि गरेको छ ।

प्रहरी बृत्तका अनुसार मोटरसाइकलमा सवार श्रीमान–श्रीमती भएको खुल्न आए पनि सनाखत भने हुन सकेको छैन । कारका चालक फरार भएको र उनको खोजी तीब्र पारिएको प्रहरीको भनाइ रहेको छ ।

घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ ।