३० आश्विन २०८३, शुक्रबार

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

0
Shares


काठमाडौं । गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी गौचनको गएराती निधन भएको हो ।

सांसद गौचनको स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराती उपचारका लागि ग्राण्डी हस्पिटलमा लगिएको थियो । हस्पिटलमा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

डेंगु संक्रमित भएकी उनको हृदयघातका कारण निधन भएको अनुमान छ ।