बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सन् २०२५ को मध्यबाट थप आर्थिक सुधार हुने टर्किएको अनुमान

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । टर्किएले २०२५ को दोस्रो त्रैमासिकबाट आर्थिक सुधार हुने अपेक्षा गरेको छ । टर्कीका अर्थमन्त्री मेहमेट सिमसेकले मुद्रास्फीतिको दबाब कम गर्ने र विश्वव्यापी आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिएको बताए ।

संसदमा बजेट छलफलमा बोल्दै सिमसेकले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो आर्थिक रणनीतिको आधारशिला रहेको कार्यक्रमलाई दृढतापूर्वक समर्थन गरेको भन्दै आफ्नो आर्थिक कार्यक्रमप्रति सरकारको प्रतिवद्धता दोहोर्‍याए ।

कार्यक्रमले बाह्य कमजोरीहरू कम गर्न र वित्तीय स्थायित्वलाई सुदृढ पार्न महत्वपूर्ण प्रगति हुने अपेक्षा गरेको बताए । उनले मौद्रिक नीति समायोजनको ढिलाइ हुने प्रभाव आगामी महिनाहरूमा अझ स्पष्ट हुने अपेक्षा गरिएको बताए । देशको वार्षिक मुद्रास्फीति दर सेप्टेम्बरको ४९.३८ प्रतिशतबाट अक्टोबरमा ४८.५८ प्रतिशतमा झरेको छ भने मासिक उपभोक्ता मूल्य २.८८ प्रतिशतले बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x