शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

विवाहपञ्चमीको निम्तो दिन गएकाहरुलाई भारतीय सीमामा भव्य स्वागत

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट तिलक र आमन्त्रण पत्रसहित अयोध्या जान लागेका विश्व हिन्दु परिषद्का सदस्यहरुलाई भारतीय सीमानामा भव्य स्वागत गरिएको छ ।

भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि प्रस्थान गरेका उनीहरुलाई भारतमा भव्य स्वागत गरिएको हो ।

तिलक लिएर जाने टोलीमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत छन् । तिलक लिएर जाने समूह आज नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x