कथित झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएकी घाइते सानुमायाको पनि निधन
काठमाडौं । आफूलाई झाँक्री दाबी गर्ने प्रकाश भुजेलको गाडीले ठक्कर दिएर गम्भीर घाइते भएकी सानुमाया नगरकोटीको पनि निधन भएको छ । गत कार्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा भुजेलले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालक नारायण नगरकोटीको निधन भएकोमा उनकी श्रीमती सानुमायाको पनि उपचारका क्रममा निधन भएको हो ।
सानुमायाको शुक्रबार नै निधन भए पनि उनीहरुको परिवारका सदस्य र कथित झाँक्री भुजेलको परिवारबीच क्षतिपूर्तिको विषयलाई लिएर वार्ता भइरहेकोले ढिलो गरीमात्र मृत्युको खबर बाहिर आएको हो ।
सानुमायाको मृत्युपछि पोष्टमार्टम समेत गरि सकिएको जानकारी प्रहरीले दिएको छ । पोष्टमार्टमका क्रममा उनको पेटमा १२ हप्ताको गर्भ रहेको र उक्त शिशुको समेत आमासँगै निधन भएको प्रहरीको भनाइ रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE