रक्षा सहयोग बढाउन इरानी रक्षामन्त्रीद्वारा सिरिया भ्रमण
काठमाडौं । इरानका रक्षामन्त्री अजिज नासिरजादेह दुई देशबीचको रक्षा र सुरक्षा सम्बन्धलाई मजबुत बनाउन सिरिया पुगेका छन् । सञ्चारकर्मीहरुसँग उनले सबैलाई इरानी विदेश नीतिमा सिरियाली अरब गणतन्त्रको महत्त्वपूर्ण स्थानबारे जानकारी रहेको बताए ।
आफू सिरियाली रक्षा मन्त्रीको निमन्त्रणामा आधारित भइ दमास्कस आएको र दुई देशहरूबीच विशेष गरी रक्षा र सुरक्षाको क्षेत्रमा सहयोग आदानप्रदान बिस्तार गर्ने उद्देश्यका साथ आएको बताए ।
इरानी मन्त्रीको भ्रमण सिरियाको सैन्य साइट र इरान समर्थक सम्पतीहरूमा तिब्र इजरायली आक्रमणको बीचमा भएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE