बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माओवादीको पदाधिकारी बैठक आज, के विषयमा हुँदैछ छलफल ?

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आजका लागि बोलाइएको छ । बैठक सोमबारर नै दिउँसो १ बजेका लागि बोलाइएको भएता पनि पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरि आज अपरान्ह ४ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै स्थानीय निकायको आसन्न उपनिर्वाचनको बारेमा पनि चर्चा हुने बताइएको छ ।

त्यसका साथै केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x