मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । प्रसाईलाई मंगलबार प्रहरी उनको भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
उनलाई सीआइबीको टोलीले पक्राउ गरेको बुझिएको छ । प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा साढे ३२ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको भनेर अभिव्यक्ति दिएका थिए । उनको उक्त भनाइ हाल सामाजिक सञ्जालमा भाइरल भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE