अन्तिम समयमा मन्त्रिपरिषद्को बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । मंगलबार (आज) साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।
मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल भइरहेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत सहभागी छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE