शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

कांग्रेसले आफ्ना सांसद बजगाईंलाई सोध्यो स्पष्टीकरण

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ । पार्टी नेता आनन्दप्रसाद ढुंगाना नेतृत्वको केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंलाई स्पष्टीकरण सोधेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले करोडौं घुस खाएर क्यासिनोको लाइसेन्स नविकरण गरेको भन्दै सांसद बजगाईंले सार्वजनिक मञ्चमा बोलेपछि समितिले उनलाई स्पष्टीकरण दिन भनेको छ । समितिले सांसद बजगाईंसँग कुरा गरेर प्रक्रिया थालेको र छानबिनपछि आवश्यक निर्णय लिने जनाएको छ ।

पार्टी सहमहामन्त्रीसमेत रहेका संस्कृतिमन्त्री पाण्डेमाथि सांसद बजगाईंले घुस खाएको आरोप लगाएपछि अहिले मन्त्री पाण्डेको सर्वत्र आलोचना भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x