काठमाडौं महानगरपालिकाद्वारा एमालेलाई एक लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरणसभा गरेको एमालेले जथाभावी फोहर गरेको भन्दै महानगरपालिकाले उसलाई जरिवाना तिराएको हो ।
महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमालेको केन्द्रीय कार्यालय च्यासललाई लेखेको पत्रमा जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेकोले जरिवाना गरिएको उल्लेख छ ।
महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE